Wide Nepal News बिहिबार २०, बैशाख २०८१ ०८:००

सुदूरपश्चिममा साउनदेखि १४६ पटक आगलागी, तीन पुरुषसहित ७ महिलाको मृत्यु

सम्बाददाता सम्बाददाता
आइतबार, चैत १८, २०८०
सुदूरपश्चिममा साउनदेखि १४६ पटक आगलागी, तीन पुरुषसहित ७ महिलाको मृत्यु

सुदूरपश्चिममा आगलागीका घटना एकपछि अर्को बढ्दै गएको छ।

चालु आर्थिक वर्षको साउनदेखि चैत दोस्रो सातासम्म एक सय ४६ को संख्यामा आगलागीका घटना भएका छन्। ती आगलागीका घटनामा परेर तीन पुरुष र चार महिला गरि ७ जनाको मृत्यु भइसकेको छ। आगलागीबाट १२ महिला र ८ पुरुष गरि २० जना घाइते भएका छन्।

घर, गोठ तथा पसलमा आगलागी हुनेक्रम चैत महिना सुरु भएयता बढ्दै गएको छ। विद्युतको तार सर्ट भएर सबैभन्दा बढी आगलागीका घटना हुने गरेको विवरण जिल्लाहरुबाट प्राप्त भइरहेका छन्। आगलागीकै कारण अहिलेसम्म एक सय ६४ परिवार प्रभावित बन्न पुगेका छन्।

साथै आगलागीबाट १३ घरमा आंशिक र १८ घर पूर्ण रुपमा क्षति पुगेको पाइएको छ। आगलागीकै कारण ३३ गोठमा क्षति पुगेर ४२ पशु चौपायामा नोक्सानी भएको छ। आगलागीबाट चैत दोस्रो सातासम्म चार करोड ५० लाख ८ हजार ४५० रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको अनुमान प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र (पीइओसी) धनगढीको छ।

यही चैत ९ गते शुक्रबार बझाङ सदरमुकाम चैनपुरको चौराहा नजिकै रहेको दुई तले पक्की घरको भुइँ तलामा रहेको सर्जन थापाको सिलाई सेन्टरमा राति ११ बजेतिर आगलागी भएको थियो। आगलागीबाट पसलका सम्पूर्ण सरसामानहरु जलेर नष्ट भएका छन्। जयपृथ्वी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा राति नै आगो निभाइएको थियो। आगागीबाट पसल जल्नुका साथै पसलभित्र रहेका सामान खरानी हुन पुगेको थियो।

प्रतिक्रिया