Wide Nepal News बिहिबार २०, बैशाख २०८१ ०८:१६

सुदूरपश्चिम संसदीय दलका नेता रावलको प्रमुख आतिथ्यमा एमाले बैतडीको बैठक सम्पन्न

सम्बाददाता सम्बाददाता
आइतबार, चैत १८, २०८०
सुदूरपश्चिम संसदीय दलका नेता रावलको प्रमुख आतिथ्यमा एमाले बैतडीको बैठक सम्पन्न

नेकपा एमाले जिल्ला कमिटि बैतडीको बैठक शनिबार सम्पन्न भएको छ । एमाले बैतडीका अध्यक्ष नरेश विकको अध्यक्षतामा भएको बैठकमा एमालेका पोलिट्ब्युरो सदस्य राजेन्द्रसिंह रावल प्रमुख अतिथी रहेका थिए । 

बैठकले २३ जनाको सचिवालय गठन गरेको छ भने यही चैत महिनाभित्र पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको एमाले बैतडीका उपाध्यक्ष लोकेन्द्र भण्डारीले बताए । 

यस्तै बैठकले सदस्यता नवीकरणका बिषयमा पनि निर्णय गरेको छ । यसै महिनाभित्र सदस्यता नवीकरणको काम सक्ने र समय थप गर्नुपरेमा थप्ने निर्णय भएको उपाध्यक्ष भण्डारीले बताए । 

बैठकमा एमाले जिल्ला इञ्चार्ज निरु पाल, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, केन्द्रीय सदस्य लिलाधर भट्ट लगायतको उपस्थिती रहेको थियो । 
 

प्रतिक्रिया