Wide Nepal News शनिबार १५, बैशाख २०८१ ०६:१२

बलाँचमा करेण्ट लागेर घाइते महिलाको उपचार खर्च नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने सहमति

जीवन निर्वाहका लागि थप क्षतिपूर्ति दिइने
सम्बाददाता सम्बाददाता
मङ्गलबार, चैत १३, २०८०
बलाँचमा करेण्ट लागेर घाइते महिलाको उपचार खर्च  नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने सहमति

शैल्यशिखर नगरपालिका १ स्थित बारिलमा करेण्ट लागेर गम्भिर घाइते भएका महिलाको उपचार तथा जीवन निर्वाहका लागि थप प्रबन्ध नेपाल विद्युत प्राधिकरणले गर्ने सहमति भएको छ । 

गत चैत्र ९ गते बलाँच-मार्मा-अपि ११ के.भि प्रसारण लाइनमा तारको उचाइ कम हुँदा बाख्रा चराउने क्रममा स्थानीय कुमारी देवी तितरालाई करेण्ट लागेको थियो । करेण्ट लागेर घाइते उनको यतिबेला काठमाडौंस्थित कृतिपुर बर्न अस्पतालमा उपचार भइरहेको शैल्यशिखर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष भरत बहादुर खडायतले जानकारी दिए । 

विद्युत प्राधिकरणको लापरबाहीका कारण करेण्ट लागेर घाइते महिलाको उपचार गर्नुपर्ने लगायतका माग राख्दै मंगलबार बलाँचमा शैल्यशिखर नगरपालिका जनप्रतिनिधी, सुरक्षा निकायका प्रतिनिधी, नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रका कार्यालय प्रमुख सहितका प्रतिनिधी तथा पिडित पक्षबिच ४ बुदेँ सहमति भएको छ । 

वडाध्यक्ष खडायतका अनुसार प्राधिकरणले घाइते तितराको उपचार खर्च सहित जीवन निर्वाहको प्रबन्ध गर्नुपर्ने, आगामी दिनमा हुन सक्ने क्षतिलाई न्युनिकरण गर्न वडा नम्बर १ सहित आसपासका क्षेत्रमा विद्युत प्रसारण लाइनका सम्पूर्ण तार तथा पोलहरुको निरीक्षण गरि व्यवस्थापन गर्नुपर्ने, बलाँचमा वितरण केन्द्रको काउण्टर राख्नुपर्ने लगायतका विषयमा प्राधिकरण तयार भएपछि सहमति जुटेको हो । 

यस्तो छ पिडित पक्ष, विद्युत प्राधिकरण र शैल्यशिखर नगरपालिकाबिच भएको सहमति

 


 

प्रतिक्रिया