Wide Nepal News शनिबार १५, बैशाख २०८१ ०२:१८

धनगढीका मेयर हमालकी छोरी सम्पर्क विहिन

सम्बाददाता सम्बाददाता
मङ्गलबार, चैत १३, २०८०
धनगढीका मेयर हमालकी छोरी सम्पर्क विहिन

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालककी छोरी बेपत्ता भएकी छन्। हिजो (सोमबार) बाट मेयर हमालकी छोरी आरती हमाल बेपत्ता भएकी हुन्।

मेयर हमालले भारतको गोवास्थित जोरबा वाईब आस्बिन ब्रीजबाट आफ्नी जेठी छोरी हराएको बताएका छन्। यस्तै मेयर हमालले सामाजिक सञ्जालमार्फत आफ्नी बेपत्ता भएकी छोरी ओशो साधक भएको र उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएको जनाएका छन्।

यस्तै हमालले आफ्नी छोरीको खोजीमा सघाउन अपीलसमेत गरेका छन्।

साथै नगर प्रमुख हमालकी कान्छी छोरी आर्जु र ज्वाइँ आरतीको खोजी गर्न आज (मंगलबार) रातिको फ्लाइटमा गोवा पुग्ने भएकाले ००९१– ९७९४०९६०१४, ८२७३५३८१३२, ९३८९६०७९५३ मा सम्पर्क गरि त्यहाँ आवश्यक सहयोग तथा खोजी कार्यमा सहजीकरण गरिदिन नगर प्रमुख हमालले सबैमा अपिल समेत गरेका छन् । 
 

प्रतिक्रिया