Wide Nepal News शनिबार १५, बैशाख २०८१ १२:२७

अनेरास्ववियु दार्चुलाको १४औं जिल्ला अधिवेशन भोलिदेखि गोकुलेश्वरमा सुरु

सम्बाददाता सम्बाददाता
शुक्रबार, चैत ०२, २०८०
अनेरास्ववियु दार्चुलाको १४औं जिल्ला अधिवेशन भोलिदेखि गोकुलेश्वरमा सुरु

नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन दार्चुलाको १४औं जिल्ला अधिवेशन चैत्र ३ (भोलि) देखि सुरु हुने भएको छ । 

जिल्लाको शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वरस्थित होटल अपि नाम्पाको सभा हालमा चैत्र ३ र ४ गते आयोजना हुने जिल्ला अधिवेशनमा झण्डै २ सय भन्दा बढी विद्यार्थी प्रतिनिधीको सहभागिता रहने अनेरास्ववियु दार्चुलाले जनाएको छ ।

अनेरास्ववियु दार्चुलाको १४औं जिल्ला अधिवेशन मूल आयोजक समिति संयोजक कृतिनिधी जोशीका अनुसार २ दिनसम्म चल्ने अधिवेशनमा अनेरास्वसवयुका केन्द्रीय अध्यक्ष समिक बडाल प्रमुख अतिथि रहने छन् । 

यस्तै अधिवेशनमा संगठनका केन्द्रीय सचिव एवम् सुदरपश्चिम प्रदेश ईन्चार्ज दिपक धामी तथा सुदूरपश्चिम प्रदेशका अध्यक्ष मनोज राईको समेत आतिथ्यता रहने संयोजक जोशीले बताए । 

अधिवेशनमार्फत संठगनले जिल्लाको नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

प्रतिक्रिया