Wide Nepal News मङ्गलबार ०१, पुष २०८२ १०:३१

गोकुलेश्वरमा शिवरात्री मेला भोलिदेखि, वृहत सांस्कृतिक महोत्सवको आयोजना

सम्बाददाता सम्बाददाता
बिहिबार, फागुन २४, २०८०
गोकुलेश्वरमा शिवरात्री मेला भोलिदेखि, वृहत सांस्कृतिक महोत्सवको आयोजना
ऐतिहासिक, धार्मीक एवम् व्यापारीक महत्व बोकेको गोकुलेश्वर शिवरात्री मेला फागुन २५ गते (भोलि) देखि सुरु हुदैँछ । शुक्रबारदेखि झण्डै ६ दिनसम्म सञ्चालन हुने शिवरात्री मेलाको लागि यतिखेर शैल्यशिखर नगरपालिका ९ स्थित गोकुलेश्वर बजार क्षेत्रमा चहलपहल बढेको छ । यसैबिच शिवरात्री मेलाको अवसर पारेर गोकुलेश्वरमा “कृषि पर्यटन हाम्रो सान, संस्कृति जगेर्ना गर्ने हाम्रो अभियान” भन्ने मूल नाराका साथ वृहत सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ । शिवरात्री मेलाको अवसरमा आयोजित गोकुलेश्वर वृहत् सांस्कृतिक महोत्सवको आयोजकमा वाइड नेपाल रहेको छ भने महोत्सव फागुन २४ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने कार्यक्रम संयोजक पूर्ण बहादुर साउँदले जानकारी दिएका छन् । सांस्कृतिक महोत्सवमा यस वर्ष पनि विगतका वर्षहरुमा झैं राष्टिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने संयोजक साउँदले बताए । ७ दिनसम्म सञ्चालन हुने गोकुलेश्वर वृहत सांस्कतिक सांस्कृति महोत्सवको मुख्य प्रायोजकमा क्वालिटी आल्मुनियम स्टिल्स युपिभिसी रहेको छ भने महोत्सवको सम्पर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया