Wide Nepal News शुक्रबार २१, बैशाख २०८१ ०४:२१

शैल्यशिखरमा दादुरा रुबेला खोप अभियान सम्पन्न, १ हजार ४ सय ९० बालबालिकाले पाए खोप सेवा

सम्बाददाता सम्बाददाता
बिहिबार, फागुन १७, २०८०
शैल्यशिखरमा दादुरा रुबेला खोप अभियान सम्पन्न, १ हजार ४ सय ९० बालबालिकाले पाए खोप सेवा

दार्चुलाको शैल्यशिखर नगरपालिकामा दादुरा रुबेला खोप अभियान सम्पन्न भएको छ । 

गत फागुन १३ गतेदेखि १६ गतेसम्म नगरपालिकाका विभिन्न खोप केन्द्रबाट सञ्चालन भएको खोप अभियान सम्पन्न भएको शैल्यशिखर नगरपालिकाले जनाएको छ । 

फागुन १३ देखि निरन्तर ४ दिनसम्म सञ्चालन भएको दादुरा रुबेला विरुद्धको खोप अभियानमा शैल्यशिखर नगरपालिकाभित्र रहेका ५ वर्षमूनिका १ हजार ४ सय ९० जना अर्थात् ९७ प्रतिशत बालबालिकाले खोप पाएको स्वास्थ्य शाखा संयोजक शिवदत्त जोशीले जानकारी दिए । 

शैल्यशिखर नगरपालिकामा तालिमप्राप्त स्वास्थ्यकर्मीमार्फत बालबालिकाहरुले खोप सेवा पाएको स्वास्थ्य संयोजक जोशीको भनाइ छ । 

प्रतिक्रिया