Wide Nepal News शुक्रबार २१, बैशाख २०८१ ०७:११

धामीगाउँमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविरबाट २ सय ५८ जनाले लिए नि:शुल्क स्वास्थ्य सेवा

सम्बाददाता सम्बाददाता
शनिबार, फागुन ०५, २०८०
धामीगाउँमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविरबाट २ सय ५८ जनाले लिए नि:शुल्क स्वास्थ्य सेवा

बैतडीको डिलासैनी गाउँपालिकाको केन्द्र धामीगाउँमा आज भएको एक दिने नि:शुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा स्वास्थ्य शिविरबाट २ सय ५८ जनाले निशुल्क स्वस्थ्य सेवा लिएका छन् । 

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौली बैतडीको आयोजनामा गाउँपालिकाको वडा नम्बर ७ स्थित शिक्षा केन्द्र अमर माद्यमिक विद्यालयमा सञ्चालन भएको नि:शुल्क स्वास्थ्य शिविरबाट १ सय १५ पुरुष तथा १ सय ४३ महिलाले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा प्राप्त गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौली बैतडीका प्रमुख हिक्मत बहादुर चन्दले जानकारी दिएका छन् ।

धामीगाउँमा सञ्चालन भएको शिविरमार्फत डिलासैनी गाउँपालिकाभित्रका बालबालिका, वयस्क तथा वृद्धवृद्धाहरुले  नि:शुल्क रुपमा  आयुर्वेदिक तथा वैकल्पिक चिकित्सकीय स्वास्थ्य सेवा लिएको डिलासैनी गाउँपालिकाका स्वास्थ्य शाखा उप संयोजक पुरुषोत्तम नाथले बताए । 

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौली बैतडीबाट आएको आयुर्वेद चिकित्सकहितको टोलिले शिविरका माद्यमबाट गाउँमा पहिलोपटक नि:शुल्क आयुवेर्दिक चिकित्सकीय स्वास्थ्य सेवा प्रदान गरेकोमा स्थानीयहरुले खुसी व्यक्त गरे । 

 

प्रतिक्रिया