Wide Nepal News शुक्रबार २१, बैशाख २०८१ ०४:२६

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ जना घाइते

सम्बाददाता सम्बाददाता
मङ्गलबार, माघ १६, २०८०
बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ जना घाइते

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर २ कटौज पानीमा जिप दुर्घटना हुँदा दोगडाकेदार गाउँपालिका – ८ कालागाउँकी १५ वर्षीया मनीषा विष्टको घटनास्थलमै मृत्यु भएको हो। सुदूरपश्चिम प्रदेश ०१००ज १५३७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा अन्य ७ जना घाइते भएका छन ।

घाइते हुनेमा कालागाउँका ५० वर्षीय बिरे लुहार, २६ वर्षीय घुमरा विष्ट, ४० वर्षीय कृष्णा विष्ट, ७० वर्षीय हरिमाया विष्ट १७ वर्षीय महेश विष्ट र ३० वर्षीय जिपभुपेन्द्र विष्ट रहेका छन् । घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घाइते ७ जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भैरहेको छ। प्रहरीका अनुसार जिपमा ८ जना सवार थिए। जिप सडकबाट ५० मिटर तल खसेको बताइएको छ।

प्रतिक्रिया