Wide Nepal News बिहिबार २०, बैशाख २०८१ ०३:५९

शहीद रामचन्द्र हमाल स्मृति प्रतिष्ठानद्धारा शहीद दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिताको आयोजना

सम्बाददाता सम्बाददाता
मङ्गलबार, माघ १६, २०८०
शहीद रामचन्द्र हमाल स्मृति प्रतिष्ठानद्धारा शहीद दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिताको आयोजना

शहीद दिवसका अवसर २०८० का अवसरमा दार्चुलाको गोकुलेश्वरमा माद्यमिक तहस्तरीय हाजिरीजवाफ प्रतियोगिताको आयोजना भएको छ । 

दिवसको अवसर पारेर शहीद रामचन्द्र हमाल स्मृति प्रतिष्ठानद्धारा गोकुलेश्वरमा आयोजित माद्यमिक तहस्तरीय हाजिरीजवाफ प्रतियोगितामा बैतडी जिल्लाको सेटिगाउँ माद्यमिक विद्यालयसहित दार्चुलाका विभिन्न १४ वटा माद्यमिक विद्यालयको सहभागिता रहेको थियो । 

प्रतिष्ठानको कार्यालय रहेको स्थानमा आयोजित माद्यमिक तहस्तरीय हाजिरीजवाफ प्रतियोगितामा १९ अंकसहित गोकुलेश्वर माद्यमिक विद्यालयले प्रथम स्थान प्राप्त गरेको छ । यस्तै १८ अंकसहित चौलानी सेकेण्ड्री स्कुलले द्धित्तिय तथा गलैनाथ माद्यमिक विद्यालय झरकाडाँ र सत्यप्रकाश माद्यमिक विद्यालय देथलाले समान १३/१३ अंकसहित तृत्तिय स्थान प्राप्त गरेको प्रतिष्ठानका पूर्व कोषाध्यक्ष दुर्गा हमालले जानकारी दिनुभयो । 

कार्यक्रममा प्रथम स्थान प्राप्त गर्ने गोकुलेश्वर माद्यमिक विद्यालयलाई नगद ५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । द्धित्तिय स्थान प्राप्त गर्ने चौलानी सेकेण्ड्री स्कुललाई नगद ३ हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ भने तृत्तिय स्थान प्राप्त गर्ने दुइवटै विद्यालयलाई नगद रु १५/१५ सयसहित प्रमाणपत्र प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष नरेन्द्र प्रकाश हमालले बताउनुभयो । 

यस्तै प्रतियोगितामा सहभागि विद्यालय र विद्यार्थीहरुलाई समेत सहभागिताको प्रमाणपत्र प्रदान गरिएको अध्यक्ष हमालको भनाई छ । 

प्रतिष्ठानका अध्यक्ष नरेन्द्र प्रकाश हमालको अध्यक्ष्यतामा आयोजित हाजिरीजवाफ प्रतियोगितामा विभिन्न क्षेत्रमा क्रियाशिल बुद्धिजिवी, समाजसेवी, राजनितिक दलका प्रतिनिधी एवम् स्थानीयहरुको उपस्थिती रहेको बताइएको छ । 

प्रतिक्रिया