Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:२१

९९ हजार मतपत्रसहित ५८ प्रकारका निर्वाचन सामग्री दार्चुला आइपुगे

Wide Nepal News
सोमबार, बैशाख १९, २०७९
काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि दार्चुलामा मा ९९ हजार मतपत्र आइपुगेको छ। अहिले ती मतपत्रलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनको लागि चाहिने आवश्यक ५८ प्रकारका सामग्री जिल्ला पुगेको छ। निर्वाचन सामग्री आइपुगेसंगै निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी तीब्र रुपमा अगाडि बढिरहेको जनाइएको छ। हरेक मतदानस्थल र केन्द्रको लागि सामग्री छुट्याउने काम भइरहेको निर्वाचन अधिकारी प्रदीपसिंह धामीले बताए। निर्वाचनमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृतको लागि एक दुई दिनभित्रै तालिमको आयोजना गर्ने तयारी छ। निर्वाचनमा जिल्लामा एक हजार बढी कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ। जिल्लामा कूल ८८ हजार २८५ मतदाता छन्। कार्यालयका अनुसार ११० मतदानस्थल र १३९ मतदान केन्द्र तोकिएको छ।

प्रतिक्रिया