Wide Nepal News शुक्रबार ०४, जेठ २०८१ ०८:५७

राष्ट्रपति भण्डारी पुन: दार्चुला भ्रमणमा आउने,  प्रतिनिधि सभा सदस्य ठगुन्नाले दिए निम्तो

सम्बाददाता सम्बाददाता
मङ्गलबार, साउन २४, २०७९
राष्ट्रपति भण्डारी पुन:  दार्चुला भ्रमणमा आउने,  प्रतिनिधि सभा सदस्य ठगुन्नाले दिए निम्तो

राष्ट्रपति विद्या देवी  भण्डारी पुन:  दार्चुला भ्रमणमा आउने भएका छन ।  

जिल्लाको त्रिदेशिय सिमामा अवस्थित व्याँस गाउँपालिका भम्रणका लागि राष्ट्रपति भण्डारी दार्चुला आउने  कार्यक्रम रहेको व्याँस गाउँपालिकाले जनाएको छ । 

दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेशसिंह ठगुन्ना सहितको टोलीले मंगलबार (आज) शितल निवास पुगि राष्ट्रपति भण्डारीसित  भेटवार्ता गरेका छन् । सोही क्रममा प्रतिनिधी सभा सदस्य ठगुन्नाले राष्ट्रपति भण्डारीलाई दार्चुलाको व्याँस गाउँपालिका भम्रणका लागि निम्तो दिएका थिए ।

यसअघि गत साउन ९ गते बसेको व्याँस गाउँकार्यपालिका बैठकले राष्ट्रपति भण्डारीलाई भ्रमणका लागि निम्तो गर्ने निर्णय गरेको गाउँपालिका प्रवक्ता उपेन्द्रसिंह धामीले जानकारी दिए । 

राष्ट्रपति भण्डारीले व्याँस गाउँपालिकामा राष्ट्रिय स्तम्भ उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । भेटघाटका क्रममा राष्ट्रपति भण्डारीले अगामी भाद्र २५ गते या असोज ६ र ७ गतेसम्ममा दार्चुला आउने बताएका छन् । यसअघि राष्ट्रपति भण्डारीले वि.सं.२०७६ फागुन १५ गते दार्चुलाको मालिकार्जुन भ्रमण गरेका थिए । 

केहि दिन अघि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग राईले पनि राष्ट्रिय चासोको विषयका रुपमा रहेको दार्चुलाको व्याँस गाउँपालिका भ्रमण गर्ने इच्छा व्यक्त गरेका थिए । मेयर साम्पाङ्गले व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामीलाई टेलिफोन गर्दै आफू व्याँस गाउँपालिकाको भ्रमणमा आउने बताएका थिए । 
 

प्रतिक्रिया