Wide Nepal News शुक्रबार ०४, जेठ २०८१ ०९:५९

पहिरोले सुदूरपश्चिमका राजमार्गहरु अवरुद्ध

सम्बाददाता सम्बाददाता
बुधबार, साउन ०४, २०७९
पहिरोले सुदूरपश्चिमका राजमार्गहरु अवरुद्ध

धनगढीः सुदूरपश्चिमका अधिकाशं राजमार्गहरु अवरुद्ध भएका छन्। लगातारको वर्षापछि प्रदेशका केही राजमार्गहरु अवरुद्ध भएका हुन्। अहिलेसम्म दार्चुला ,बझाङ र बैतडी जोड्ने सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

बझाङको जालेबगरमा सेती नदीले कटान गर्दा राजमार्ग अवरुद्ध भएको छ। दार्चुलामा बैतडीमा पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको प्रहरीले जनाएको छ।

दार्चुलाको शैल्यशिखरमा पर्ने नङतड, बैतडीको पाटनमा पर्ने थुम, सुनर्याको भन्ज्याङ भन्ने स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। पहिरो पछ्याएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। 



प्रतिक्रिया